देश

विराटनगरमा १७ औं अन्तराट्रिय मैथिली सम्मेलन हुँदै

विराटनगर, पुस ३–विराटनगरमा १७ औं अन्तराष्ट्रि मैथिली सम्मेलन हुने भएको छ । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले सम्मेलन हुन लागेको मैथिली एसोसिएशन नेपालले जानकारी दिएको छ । मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते विराटनरस्थित हाटखोला खेल मैदानमा सम्मेलन गर्न लागिएको विराटनगरमा पत्रकार सम्मेलन गरि जनाइएको छ । पत्रकार सम्मेलनमा मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीले मैथिली युवा पुस्ताहरुलाई प्राचीन मैथिली संस्कृति र यस प्रति अभिरूचि बढाउने उद्देश्यले मैथिली सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

उनले नेपाल र भारत दुवै देशका मैथिली अभियन्ता संघ संस्थाका करिव २ सय ५० जना प्रनिधिहरुको सहभागीता रहने जानकारी दिए । अध्यक्ष चौधरीले पहिलो दिन झाँकी प्रर्दशन गरिनुको साथै मैथिली, भोजपुरी, थारु, राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलन हुने जानकारी दिए । सम्मेलनमा मैथिली संस्कृति झल्कीने विभिन्न स्टलहरू पनि राखिने छ । सो सम्मेलनको नेकपाका अध्यक्ष एवं् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।

Featured