देश

प्रदेश २ सरकार निकम्मा, लैंगिक समानताको मुद्दा नारामै सिमित : महिला अधिकारकर्मी साह

विराटनगर, पुस ३-मधेशको मुद्धा उठाउँदै आएकाने समाजवादी पार्टीले सरकारको नेतृत्व गरेको प्रदेश नं. २ मा लैंगित समानता केवल नारामा मात्र सिमित भएको अधिकारकर्मीहरुले आरोप लगाएका छन् । प्रदेश नं. २ स्थित सप्तरी जिल्ला महिला सञ्जालकी अध्यक्ष सुनिता साहले आफ्नै पार्टीले सरकारको नेतृत्व गरेपछी लैंगिक समानता हुन नसकेको आरोप लगाएकी हुन् ।

उनले प्रदेश २ सरकारले बेटी पढाउ बचाउ बेटी अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितण गरेर मात्र लैंगिक समानता नहुने बताएकी हुन् । उनले साइकल वितरण कार्यक्रम छात्राहरुको अध्ययनका लागि प्रोत्साहन गर्ने सरकारको नीति भएपनी समग्र रुपमा छात्राहरुको शैक्षिक सुधार हुन सक्ने सरकारको कुनैपनि स्पष्ट नीति नरहेको दावी गरिन् ।

मधेशमा छोरीहरुमाथि भइरहेको एसिड प्रहार, दुव्र्यबहार, हिंसा, बलात्कार जन्य घटनाहरु न्युनिकरण गर्ने प्रदेश २ सरकारको स्पष्ट नीति नरहेको दावी गरिन् । प्रदेश २ मा महिला हिंसाका घटनाहरु बढी गरेपनि त्यसलाई प्रदेश सरकारले न्यून गर्न नसकेको समेत आरोप लगाएकी छन् । उनले समाजवादी पार्टी जातिवादी पार्टी जस्तो हुँदै गएको समेत दावी गरेकी छन् ।

Featured