देश

लडेर दुई जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–८ मा सार्वजनिक टहरामा चढ्ने क्रममा लडेर स्थानीय ५१ वर्षीय टेकबहादुर राईको मृत्यु भएको हो ।

त्यसैगरी भोजपुरको षडानन्द नगरपालिका–७, सालबोटका ६२ वर्षीय मानबहादुर आले मगरको लडेर मृत्यु भएको छ । बुधबार साँझ आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured