देश

बोलेरो गाडी सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु, २ घाईते

विराटनगर, पुस ३–उदयपुरको उदयपुरगढी गाउँपालिका–३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिबार बिहान तामलडाडाबाट कटारीतर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएकोSK01PB 3068 बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर उदयपुरगढि गाऊपालिका–३ का ६१ वर्षिय टिक नारायण श्रेष्ठ, ४७ वर्षिय ढक बहादुर मगर र ४७ वर्षकै मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते बनेका मोरङको पथरी शनिश्चरे नगरपालिका–४का ३५ वर्षिय टिकाराम श्रेष्ठको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा गम्भिर घाईते भएका पथरी शनिश्चरे–४का ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किमका २८ वर्षिय पवन राईलाई उपचारका लागि विराटनगर स्थित नोवेल अस्पताल ल्याइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured