देश

राजवंशी समाज विकास केन्द्रीय समितिले भव्यरूपमा स्थापना दिवस मनाउदै

विराटनगर, पुस ३–आगामी पुस ४ गतेदेखी ६ गते सम्म राजवंशी समाज विकास केन्द्रीय समितिले आफ्नो २६ औं स्थापना भव्यरूपमा मनाउने भएको छ । स्थापनाको २६ औँ वर्षको अवसर परेर मोरङको कटहरीमा समाजले दिवस भब्यरुपले मनाउने भएको हो । दिवसको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

स्थापना दिवसको अवसरमा मोरङको कटहरी गाउँपालिक–३ मा नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत निर्मित कार्यालय उद्घाटन साथै परम्परागत रितिरिवाज, लोक सांस्कृतिक गीत संगीत स्थानिय तथा बंगाल, आसाम विहारका कलाकारहरूको भव्य प्रस्तुति रहने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पुर्व गृह राज्यमन्त्री भीमराज चौधरी राजवंशीले जानकारी दिए ।

समितिले पुस शुक्रबार गते विहान ९ बजेदेखि सरसफाई तथा रत्तदान कार्यक्रम, पुस ५ गते ११ बजेदेखि भवन उद्वघाटन तथा स्थापना दिवस र पुस ६ गते स्थानिय तथा आसाम, बंगाल, विहारका कलाकारद्वारा जातिय लोक संस्कृति झल्कने विभिन्न गीत संगीत प्रस्तुत हुने साथै जातिय खानपिन, घरायसी सरसमानको प्रदर्शनी स्टलहरू रहने समितिका केन्द्रीय सदस्य कमल राजवंशीले बताए ।

झापा, मोरङ, सुनसरी तथा भारतको आसाम, बंगाल, विहारलगायतका स्थानबाट जातिय पहिरनमा कार्यक्रममा सहभागी हुने जनाईएको छ । समितिले ‘जाग, उठ,बुझ, कोच राजवंशी सभाय, पहिचान बचाते गर्व करि नेपाल देश वेनाय‘ नारा तय गरेको छ भने आम जनसमुदायलाई सो कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।

Featured