देश

वडाध्यक्षका भाइले प्रशासकीय अधिकृत कुटे

काठमाडौं, पुस ३–रुकुम पश्चिममा एक वडाध्यक्षका भाइले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मरणाशन्न हुनेगरि कुटेका छन् । बुधबार साँझ कार्यालयबाट कोडातर्फ फर्किँदै गरेका प्रमुख प्रकाशकीय अधिकृत रामबहादुर केसीलाई आठविसकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष केशरमान विकका भाइले कुटपिट गरेका हुन् । कार्यालयको काम सकेर घर फर्कँदा वडाध्यक्ष विकका भाइ गोपाल विक र हरिश विकले कोठा नजिकै धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । वडाध्यक्ष विककै योजनामा ज्यान मार्ने उद्देश्यले प्रहार गरिएको पीडित परिवारको आरोप छ । सूचना अधिकारी गणेश चन्द र प्रशासकीय अधिृकत केसी आइतबार साँझ एकैसाथ कार्यालयबाट घर फर्केका थिए । कोठा नजिक लुकेर बसेका विक दाजुभाईले सिँधै धारिलो हतियार केसीको टाउको प्रहार गरेका थिए ।

वडाध्यक्षका भाइको प्रहारपछि नगरपालिकाका सम्पूर्ण कर्मचारीले असुरक्षित महशुस गरेको सिवज्ञप्तिमार्फत जनाएका छन् । सुनियोजित ढंगले ज्यान मार्ने उद्देश्यले प्रहार भएको भन्दै कर्मचारीको सुरक्षा र दोषीमाथि कारबाहीको माग गरेका छन् । विक दाजुभाईलाई कारबाही नभएसम्म बिहीबारदेखि नगरपालिकाका सम्पूर्ण कामकाज थप्प पार्ने कर्मचारीहरुले जनाएका छन् । नगरपालिकाले पनि एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख चीन भ्रमणमा रहेका बेला भएको उक्त घटनाले दुखित बनाएको उल्लेख गरेको छ । नगरउपप्रमुख गीता नेपालीले विज्ञप्तिमार्फत विवाद भएको भए पनि आपसमा छलफल गरी सल्टाउनुपर्नेमा सांघातिक हमला गर्नु अमानवीय कार्य भएको भन्दै दोषीमाथि तुरुन्त कारबाही गर्न प्रशासनसँग अनुरोध गरेकी छन् ।

Featured