देश

काठमाडौंमा गुड्ने गाडी र मोटरसाइकलमा जोर–बिजोर लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, पुस २–काठमाडौं उपत्यकामा चल्ने भाडाका र नीजि सवारी साधनलाई स्थायी रुपमा जोर बिजोर प्रणालीबाट संचालन गर्ने व्यवस्था मिलाउन सरकारलाई बाध्यकारी आदेश (परमादेश) दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सवारी प्रदुषणका कारण काठमाडौं विश्वकै दुषित शहर बन्दै गएकाले जोर बिजोर प्रणालीमा सवारी चलाउनुको विकल्प नरहेको तर्कसहित अधिवक्ता रीता कार्की र श्याम कुमार श्रेष्ठले आज रिट दर्ता गराएका हुन् ।

निवेदकले २० बर्ष पुराना सवारी साधन चल्न नदिने सरकारी निर्णय प्रभावकारी कार्यान्वयन गराउन आदेशकोसमेत माग गरेका छन् । विद्यालय, कुटनीतिक नियोग, सरकारी उच्च पदस्थ अधिकारी, निजामति कर्मचारीलगायत अत्यावस्यक सेवाका बाहेकका अन्य भाडाका सवारीमा यस्तो नियम लगाउनुपर्ने निवेदकको दावी छ । निबेदकले दुई पांग्रे र चार पांग्रे दुवै प्रकृतिका सवारीमा जोर बिजोर प्रणाली लागु हुनुपर्ने माग गरेका छन् ।

Featured