देश

जुत्ता चप्पल व्यापार मेलामा दुईदिनमै १० लाखको कारोबार

विराटनगर, पुस २–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड लागेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुट सुविधा पाएपछी जत्ता चप्पल खरिद गर्ने उपभोक्ताको भिड लागेको हो ।

१ महिनामा डेढ करोडको कारोबार हुने अनुमान गरिएको मेलामा २ दिनमै १० लाख मुल्य बढीको कारोबार भएको मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले २ दिनकै कारोबारबाट आफुहरु उत्साहित बनेको बताएका छन् । उपाध्यायले मेलामा पाइने सुविधाबारे विस्तारै उपभोक्ताले थाहा पाउँदै जान थालेपछी दैनिक ग्राहाकको संख्या बढ्दै जाने विश्वास व्यक्त गरे ।

मेलामा नेपालमा नाम चलेका चर्चि शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ । मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने मेला संयोजक उपाध्यायले जानकारी दिए । उनले मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको बताए ।

Featured