खेलकुद देश

इन्टर कलेज बास्केटबल प्रतियोगिता हुँदै

काठमाडौं, पुष २–इन्टर कलेज बास्केटबल प्रतियोगिता हुने भएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्पोर्ट्स क्लबको आयोजनामा आगामी शुक्रबारदेखि इन्टर कलेज बास्केटबल प्रतियोगिताको आयोजना गरिन लागेको हो । प्रतियोगितामा १६ वटा कलेजले सहभागिता जनाउनेछन् । प्रतियोगितामा दुईवटा महिला टिमले पनि सहभागिता जनाउनेछन् ।

‘कलेज–कलेजबीचको सम्बन्ध राम्रो बनाउन इन्टर कलेज बास्केटबलको आयोजना गरेका हौं,’ ग्लोबल कलेज अफ इन्टरनेसनलका प्रिन्सिपल देवराज पनेरूले भने, ‘विद्यार्थीको अतिरिक्त क्षमता वृद्धिमा प्रतियोगिताले सहयोग गर्नेछ ।’ प्रतियोगितामा ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन् । प्रतियोगिता १२ गतेसम्म चल्नेछ । ग्लोबल कलेजले अघिल्लो साता दुईदिने नेतृत्व र दिगो विकासको विषयमा अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजनासमेत गरेको थियो ।

Featured