देश

भ्रमण वर्षमा ‘रत्न मन्दिर’ खुलाउने तयारी

पोखरा, पुस २–गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष– २०२० का लागि फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारी गरेको छ । मन्दिरबाटै भ्रमण वर्षको उद्घाटन गर्ने योजना प्रदेश सरकारको छ । प्रदेश सरकारका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर, प्रदेश सरकार तथा महानगरपालिकालाई ट्रस्टले नै आग्रह गरेपछि प्रदेश सरकार मन्दिर खुलाउने तयारीमा जुटेको हो ।

यद्दपी मौखिक सहमतिअनुसार आगामी पुस १६ अर्थात भ्रमण वर्षको उद्घाटन कार्यक्रम नै रत्न मन्दिरमा गर्ने तयारी रहेको मन्त्री लम्सालले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएर आउनुपर्छ, मौखिक सहमति त भइसकेको छ,’ उनले भने, ‘हामीले यसरी सञ्चालन गर्छौं भनेर ड्राफ्ट तयार पार्दै छौं । यताबाट हामीले पठाई सकेपछि क्याबिनेटबाट स्वीकृत भएर आउँछ ।’

महानगर अथवा प्रदेश सरकारमध्ये एकले सञ्चालनको जिम्मा लिनेछ । तर रत्न मन्दिरको व्यवस्थापन र संरक्षणको जिम्मा भने नेपाल ट्रस्टकै हुनेछ । गण्डकी प्रदेशमा भ्रमण वर्ष–२०२० को लागि ५६ सदस्यीय समिति नै गठन गरिएको छ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा बनाइएको उक्त समितिले भिजिट नेपाल–२०२० लाई सफल पार्न काम अघि बढाएको छ ।

Featured