काठमाडौं, पुस २–प्रहरीले ललितपुरको ग्वार्कोमा भेटिएको ३ लाख ४८ हजार नगद सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । ललितपुरको धापाखेलबाट ग्वार्को आउने क्रममा रातामकै चोकका अजय घिमिरेले पैसा हराएका थिए । उनले आईएमईबाट ल्याउँदै गरेको पैसा घिमिरेले बाटोमै हराएका थिए ।
प्रहरीले भेटाएको रकम बुधबार बिहान घिमिरेलाई हस्तान्तरण गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक डीएसपी गौतम मिश्रले जानकारी दिए । घिमिरेले हराएको पैसा फेला पारेपछि प्रहरीले उनलाई खबर गरेर जानकारी गराएका थिए । प्रहरीले फेला पारेको पैसा डीएसपी गौतमले पीडितलाई हस्तान्तरणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस