खेलकुद देश

दक्षिण एसियाली खेलकुदमा पदक जित्ने बास्केटबल खेलाडी सम्मानित

काठमाडौं, पुस १–भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । भ्याली पब्लिक स्कुलले महिला टिमका तीन खेलाडीलाई सम्मानित गरेको हो । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भएका हुन् ।

महिलाको फुल कोर्टमा नेपाल दोश्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो । उनीहरुलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरियो । भ्याली पब्लिकको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, सह–संस्थापक सुनिता अधिकारी, समाजसेवी तारा पोखरेल लगायतले उनीहरुलाई नगद तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो ।

Featured