खेलकुद देश

एक्सेल्सियर कप बुधबारबाट सुरु हुँदै

काठमाडौं, पुस १–द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि सुरू हुने भएको छ । प्रतियोगिताअन्तर्गत बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी दिए । बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गर्ल्समा १३ टिमको सहभागिता रहने छ ।

यस्तै, फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गर्ल्समा ८ टिमले भाग लिने छन् । फुटबल फाइभ ए–साइड फर्म्याटमा खेलाइनेछ । प्रतियोगितामा गर्ल्स फुटबल पहिलोपटक समावेश गरिएको हो । खेलकुदमा महिलाको पनि समान सहभागिता गराउन गर्ल्स फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए ।

Featured