खेलकुद देश

तेश्रो एन–प्याब्सन खेलकुद सप्ताहको उद्घाटन

काठमाडौं, पुस १–एन–प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित तेश्रो एन–प्याब्सन खेलकुद सप्ताहको मंगलबार औपचारिक उद्घाटन गरिएको छ । टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनका अवसरमा २५ भन्दा बढी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।

मार्चपासमा प्रशान्ती एकेडेमी पहिलो, काठमाडौं विनायक शिक्षालय दोश्रो र युनिभर्सल सेकेन्डरी स्कुल तेश्रो भएको आयोजकका प्रचारप्रसार विभाग प्रमुख गेहेन्द्र लामाले जानकारी दिए । पाँच खेल समावेश खेलुकद सप्ताहअन्तर्गत टेबलटेनिस सम्पन्न भइसकेको छ भने छात्र क्रिकेट सञ्चालन भइरहेको छ । बाँकी तीन खेलमा बास्केटबल, फुटसल र ब्याडमिन्टन रहेका छन् ।

Featured