देश

कांग्रेसका पूर्वसभासद् ढुंगेलको निधन

काठमाडौं, पुस १–नेपाली कांग्रेसका महासमिति सदस्य तथा संविधानसभाका पूर्वसदस्य रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ । कांग्रेस भक्तपुरको दुई नम्वर क्षेत्रीय पूर्वसभापति ढुंगेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो । २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर– २ बाट निर्वा्चित ढुंगेलले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

Featured