देश

भ्रष्टाचार बढीरहेको छ : डा. डिला संग्रौला

काठमाडौं, पुस १–नेपाली कांग्रेसकी सांसद तथा छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा. डिला संग्रौलाले दुई–तिहाई बहुमतको सरकारले सर्वहारा तथा श्रमिकको नाममा शासन गरेर हरेक क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिएको दाबी गरेकी छन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सांसद डा. संग्रौलाले सरकारले सबै श्रमिकलाई न्युनतम ज्याला र पारिश्रमिक समेत नदिएको दाबी गरिन् ।

‘सरकारले युएई, मलेसिया, जापान र मरिससलगायतका देशमा श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, समझदारी, सहमति गरेपनि कार्यान्वयन भएको छैन,’ संग्रौलाले भनिन्, ‘यूएईसँग शून्य लागतको सम्झौता भएपनि कार्यान्वयन भएको छैन ।’ संग्रौलाले वैदेशीक रोजगार विभाग, इपीएस कार्यालय र वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका अति आवश्यक पर्ने सवारी साधन श्रम मन्त्रीका कार्यकर्ताले लगेर दुरुपयोग गरेको आरोप समेत लगाइन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाको श्वेतपत्र जारी गर्न माग पनि गरिन् ।

Featured