विराटनगर, पुस १–आगामी पुस ५ गते मोरङको कटहरी गाउँपालिकामा वडा स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ । परिवर्तनका लागि हातेमालो कटहरीको आयोजनामा स्थानीय जनप्रिय स्कुलमा वडा स्तरीय डोरीतान प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा कटहरी गाउँपालिकाका सात वटै वडाबाट महिला र पुरुष गरि १४ ओटा टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ११ हजार रुपैयाँका साथै मेडल, ट्रफि प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५ हजार ५०० मेडल, ट्रफि प्रमाणपत्र र खेलमा सहभागि सवै टिमले प्रमाणपत्र प्राप्त गर्ने परिवर्तनका लागि हातेमालो कटहरीका अध्यक्ष संजित साहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस