देश

जडीबुटी संकलन गर्न गएका २ जनाको हिउँमा पुरिएर मृत्यु

बझाङ, पुस १–बझाङमा जडीबुटी संकलन गर्न गएका दुईजनाको हिउँमा पुरिएर मृत्यु भएको छ । सुर्मा गाँउपालीका–१ बस्ने १८ वर्षिय कविराज बोहरा र १४ वर्षिय सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए ।

२५ मंसिरमा घरबाट सुर्मा गाँउपालीकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलन गर्न गएका दुवै जनाको हिउँमा पुरिएर मृत्यु भएको उनले बताए । जडीबुटी संकलन गर्न गएका दुवैजना घर नफर्किएपछि खोजी प्रहरीले उनीहरुको खोजी गरेको थियो । खोजीका क्रममा मंगलवार दुवैजना मृत अवस्थामा फेला परेको नायब उपरीक्षक बमले जानकारी दिए । लगातार भएको हिमपातका कारण दुवैजनाको कठ्यांग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured