देश

‘मानव सहयोगि हातहरुको’द्धारा आयोजित रक्तदानमा १सय ३ पिन्ट रगत संकलन

विराटनगर, पुस १–रगतको अभाव परिपुर्तिगर्न विराटनगरमा रक्तदान शिवीर आयोजना गरिएको छ । मानव सहयोगि हातहरुको नामक संस्थाको आयोजनामा रक्तदान शिवीर आयोजना गरिएको हो । स्थानिय कान्तिपुर कलेजमा आयोजना गरिएको शिवीरमा १०३ पिन्ट रक्त संकलन भएको आयोजक संस्थाका सचिव ताजिम अंसारीले जानकारी दिए ।

कार्यक्रममा कान्तिपुर कलेजका विद्यार्थी सहित आयोजक संस्थाका पदाधिकारी र सर्वसाधारणले रक्तदान गरे । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष सुमन कालिकोटे,कान्तिपुर कलेजका चेयरम्यान टि.एन.मण्डल,सिईओ बिष्णु दाहाल र प्रिन्सिपल भुवन नेपालले रक्तदानबाट जीवन संकटमा परेका विरामीको ज्यान बचाउन मदत मिल्ने भएकाले रक्तदानको बिशिष्ट महत्व रहेको बताए । ब्लडबैंकको प्राबिधिक सहयोगमा रक्तदान शिवीर आयोजना गरिएको हो ।

Featured