खेलकुद देश

पीपीएल क्रिकेटः चितवनसँग पोखरा पल्टन ६ विकेटले पराजित

पोखरा, पुस १–पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गतको टी२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४.३ ओभरमा ५ विकेट गुमाउँदै भेटाएको हो । चितवनलाई जित दिलाउन बाबरले हायातले अर्धशतकीय पारी खेलेका थिए । बाबरले १२ ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३४ बलमा ४ चौका, ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । ४२ बल खेलको उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै, सन्नी पटेलले २२ तथा रोहन मुस्तफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका राशिद खान र सर्वो्जित लड्डाले समान २(२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वा्धिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रविइन्दर सिंहले समान १०–१० रन जोडे । पोखराले १० ओभरको चौथो बलमा आफ्नो तेस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्काले रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरेका हुन् । पोखराका विनोद भण्डारी ७ रन बनाएर आउट भए । उनलाई चितवनका भुवन कार्कीले १२ ओभरको अन्तिम बलमा क्याच आउट गराएका हुन् ।

पोखराले १८ ओभरको पाँचौं र छैटौं बलमा लगातार दुई विकेट गुमायो । पोखराका कप्तान शरद भेषवाकर ४५ रन बनाउँदै आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् । पोखराले १९ ओभरको दोस्रो बलमा आफ्नो नवौं विकेट गुमायो । पोखराका सरजित लड्डा खाता नखोली आउट भए । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।

Featured