देश

शौचालयमा लडेर एक जनाको मृत्यु

धनगढी, पुस १–धनगढीको एक शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ का ३१ वर्षीय छोरा रोशन बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ‘सोमबार बेलुका शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । उपचारका लागि माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा केही बेरमा अस्पतालमै उनको मृत्यु भएको बस्नेतले बताए ।

Featured