देश

तीन महिने ट्राफिक उज्यालो अभियान

काठमाडौं, पुस १–ट्राफिक सचेतना फैलाउँदै दुर्घटना न्यूनीकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत तीनमहिने ट्राफिक उज्यालो कार्यक्रम सञ्चालन गरिने भएको छ । चालक, सहचालक, पैदलयात्रु, विद्यार्थीलगायतको सहभागितामा ट्राफिक प्रहरीले सडक अनुशासन पालना र सडक सचेतना वृद्धिका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो । सडक संस्कृति विकास भए मात्रै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्न सक्ने भन्दै ट्राफिक उज्यालो अभियान कार्यक्रम गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरूले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन हुनेछ । यसका लागि सिनियर र जुनियर अधिकृत तथा प्रहरी जवान गरी १३० ट्राफिक प्रहरी घटाइने महाशाखाले जनाएको छ । पुसदेखि फाुगन अन्तिम सातासम्म अभियान सञ्चालन हुनेछ । यस्तै प्रतिइकाइले प्रतिहप्ता २ सयका दरले हप्तामा ८ हजार र ३२ हजार र तीन महिनामा १ लाख जनालाई सचेतना गराइनेछ ।

Featured