देश

भ्रष्टाचार अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

काठमाडौं, पुस १–भ्रष्टाचार अभियोगमा गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन्।

विवादित जग्गामा अनियमितता गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरूलाई गुठी संस्थानबाटै नियन्त्रणमा लिइएको हो ।

Featured