देश

चन्दा असुल गर्ने तथा आगजनीमा संलग्न २ जना पक्राउ

म्याग्दी, साउन ७-बेनीको स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने तथा म्याग्दी जिल्ला स्थित रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमा संलग्न रहेकोमा २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रुकुम घर भएका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बाग्लुङ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेका छन्। प्रहरीले उनीहरुको साथबाट ध.१ प २१७० नम्बरको मोटरसाइकल र मोवाईल ३ थान समेत बरामद गरेको।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।