खेलकुद देश

‘ए’ डिभिजन लिगमा एनआरटीको विजयी सुरुवात

काठमाडौं, पुस १–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै एनआरटीले लिगमा सुखद सुरुवात गरेको हो ।

एनआरटीलाई फराकिलो जित दिलाउन सरोज तामाङले दुई गोल गरे भने जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान १–१ गोल गरे । जितसँगै एनआरटीले गत सिजन व्यहोरेको हारको बदला समेत लिन सफल भयो । गत सिजन सरस्वतीले एनआरटीलाई २–१ ले पराजित गरेको थियो ।

Featured