देश

बीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रारबिरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं, पुस १–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडाबिरुद्ध आज बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५५ लाख रुपैयाँ रकम भ्रष्टाचार गरेको अभियोग उनीहरुविरुद्ध छ ।

Featured