देश शिक्षा

यस्तो छ यस वर्षको एसईई परीक्षा तालिका

काठमाडौं, पुस १–राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । मंगलबार बोर्डले सूचना जारी गर्दै २०७६ चैत्र ६ गते (बिहीबार) देखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

७ गते शुक्रबार अनिवार्य नेपाली हुनेछ भने गैर नेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै, चैत्र ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान तथा वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ । यस्तै, चैत्र ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने, प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्के्टिङरइनिजनियरिङ ड्रइङरकम्प्युटर रिपेयर एण्ड मेन्टिनेन्स, वेसिक म्युजिक हुनेको परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । १२ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमका सबै विषयहरू, १४ गते ऐच्छिक द्वितीयतर्फका सबै विषयको परीक्षा हुनेछ । १५, १६ र १९ गते प्राविधिकतर्फका विभिन्न अभ्यास परीक्षाहरू हुनेछन् ।

Featured