देश

विदेशमा बेपत्ता नेपाली बढ्दै

काठमाडौं, पुुस १–वैदेशिक रोजगारीमा विदेश गएर सम्पर्क्विहीन भइ परिवार र राज्यको खोजीमा रहेकामध्ये अधिकांश जानीबुझी बेपत्ता हुने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये आपतविपतमा परेकाबाहेक अधिकांश दोस्रो विवाह गर्ने, विदेशीको प्रेममा पर्ने र पारिवारिक कलहमा फसेका पुरुष धेरै हुने गरेको पाइएको छ । यसरी सम्पर्क्विहीन हुनेहरु जानीबुझी परिवार र राजइको सम्पर्कमा आउन नचाहने बढी छन् ।

जानीबुझी परिवारको सम्पर्कमा आउन नचाहेकका कारण सरकारले उद्दारमा गरेको प्रयास निरर्थक भएको अधिकारीहरुको अनुभव छ । सिन्धुली मरिनकी सविता राइले आफ्ना श्रीमान १० वर्षअघि मलेसिया गएको र २ वर्षदेखि परिवारको सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि अनुरोध गरिन् । उनको खोजी गर्दा दोस्रो विवाह गरी सम्पर्कमा आउन नचाहेको खुलेको छ । वैदेशिक रोजगारीमा गएका अधिकांश सम्पर्क्विहीन हुन खोज्नेहरु दोस्रो विवाह गरेको पाइएको बताइएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured