देश

कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने

सुर्खेत, पुस १–पदरभार ग्रहण गरेसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिवद्धतामध्र्ये क थियो ‘महिनाको दुई दिन अनिवार्य श्रम गर्नुपर्ने’ । २०७४ फागुन २६ गते बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकमा अनिवार्य महिनाको दुई दिनलाई श्रम दिवसका रुपमा मनाउने निर्णय भएको हो ।

एक वर्षसम्म प्रदेश सरकारले राजधानी वीरेन्द्रगरभित्र महिनाको दुई दिन सरसफाई र पूर्वाधार निर्माणमा खर्च गरियो पनि । तर विस्तारै त्यो सेलाउँदै गयो । महिनाको १ गते र १५ गते सरकारले विभिन्न कार्यक्रम गर्दै श्रमदिवस मनाउँदै आएको थियो । मुख्यमन्त्री उपस्थित हुँदा मात्रै कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारण उपस्थित हुन थालेपछि सरकारले श्रमदिवस मनाउन कार्य्विधि नै ल्याएको छ । ‘श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य्विधि–२०७६’ बनाएको छ ।

‘श्रमको सम्मान गर्न प्रदेशभरी महिनाको दुई दिन अनिवार्य रुपमा सबैले श्रम गर्ने उद्देश्यले हेरक महिनाको १ र १५ गते श्रमदिन घोषणा गरिएको हो’ मुख्यमन्त्री शाहीले भने, ‘मन्त्रीहरु उपस्थित हुँदा मात्रै अरुको सहभागीता हुन थाल्यो । सबैलाई जिम्मेवार बनाउन कार्य्विधि ल्याएका हौं ।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured