देश

एनआईसी एशियाका एकै दिन आठवटा नयाँ शाखा सञ्चालन

काठमाडौं, मंसिर ३०–एनआईसी एशिया बैंकले आज सोमबार एकैसाथ उपत्यकामा आठवटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै ती शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले उद्घाटन गरेका हुन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले, काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले, काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले, काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइराम खड्गीले र काठमाडौं महानगरपालिका– ३, स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले र काठमाडौं महानगरपालिका– १, दरबारमार्ग्स्थित दरबारमार्ग शाखाको बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेजराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

त्यस्तै, बैंकले आजै ललितपुरमा पनि आफ्नो नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । बैंकले ललितपुरको ललितपुर महानगरपालिका– १२ स्थित मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सो शाखाको सोही वडाका वडा अध्यक्ष नारायणलाल अवालेले उद्घाटन गरेका हुन् ।

शाखा कार्यालयहरू सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर ३ सय ११ शाखा कार्यालयहरू, ४ सय ३ एटीएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । झण्डै १९ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका दुर्गम जिल्लाहरू शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Featured