देश

१० वर्षदेखि फरार चोरी मुद्दाका दुई प्रतिवादी पक्राउ

काठमाडौं, मंसिर ३०–१० वर्षदेखि फरार चोरी मुद्दाका दुई प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ बस्ने वीरेन्द्र साह गोढ र सोही स्थान निवासी अमिन मियाँलाई आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आइतबार इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूलाई बारा जिल्ला अदालतको ११ भदौ २०६६ को आदेशले चोरी मुद्दामा जनही १ महिना कैद र रू. ३ हजार ३ सय ५० रुपैयाँ जरिमाना तिराउने फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा प्रस्तुत गरेकोमा अदालतको आदेशले निजहरूलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

Featured