खेलकुद देश

पीपीएलमा धनगढीसँग विराटनगर ५ रनले पराजित

पोखरा, मंसिर ३०–पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको छ । १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा सीमित भएपछि धनगढी ५ रनले विजयी भएको हो । सोमबार पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो ।

Featured