देश

एनसीसी बैंक र सेलपेबीच सहकार्य

काठमाडौं, मंसिर ३०–डिजिटल भुक्तानीका लागि आफ्ना ग्राहकलाई सहज गराउने उद्देश्यले एनसीसी बैंकले सेलपेसँग सहकार्य गरेको छ । सोमबार एक कार्यक्रमका बीच एनसीसी बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले सहकार्य सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यो सहमतिसँगै अब एनसीसी बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आवद्ध गर्नासाथ १ सय रुपैयाँको रिचार्ज (टप–अप) र सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक लोयल्टी पोइन्ट पाउनेछन् ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्राइभेट लिमिटेडअन्तर्गत सेलपे सञ्चालित छ । यसबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट विभिन्न भुक्तानी गर्न सकिन्छ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।

ग्राहकहरूले सेलपेमा आवद्ध अन्य बैंकमा वा त्यहाँबाट एनसीसी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने बताइएको छ । ग्राहकहरूले सेलपे भुक्तानी सेवा रहेका स्थानमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसबाट दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरूमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिनेछ। सन् १९९६ मा स्थापना भएको एनसीसी बैंकले १ सय २० शाखा र ९४ एटीएममार्फत ग्राहकहरूमा सेवा प्रदान गर्दै आएको छ ।

Featured