देश

मुक्तिनाथ विकास बैंकको १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, मंसिर ३०–मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको पोखरामा सम्पन्न १३औं वार्षिक साधारणसभाले लाभांश विरतण गर्ने प्रस्ताव पारित गरेको हो । शेयरधनीलाई आ.व. ०७५र०७६ को मुनाफाबाट ०.९३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० बोनस शेयर सहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

सभाले आ.व. २०७५र०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६र०७७ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरूसमेत पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाका बारेमा प्रकाश पारे भने बैंकका पूर्वअध्यक्षहरू खगेन्द्रराज रेग्मी र मीनप्रसाद गुरुङलगायतले बोलेका थिए ।

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५र०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो प्रतिवेदनमाथि शेयरधनीहरुबाट आएका जिज्ञासाहरूका सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारे । सभाले सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुखलगायत भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रवीन्द्रमान श्रेष्ठ, श्रीमती निर्मलाकुमारी के.सी.(कार्की) र शालिग्राम मिश्र रहने गरी नयाँ संचालक समितिसमेत गठन गरेको बैंकका प्रमुख सूचना अधिकृत तिलबहादुर गुरुङले बताए ।

Featured