देश

चितवन निकुञ्ज भित्र रुख ढल्दा भरतपुर माडी सडक अबरुद्ध

चितवन, साउन ७ ।चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बनकट्टा पोष्ट नजिकै आज बिहान ८ बजे सालको रुख ढल्दा भरतपुर माडी सडकखण्ड अबरुद्ध भएको छ ।सडक अबरुद्द भएपछी अहिले माडीबाट भरतपुर तर्फ आउँने र भरतपुरबाट माडी जाने सवारी साधनहरु निकुञ्ज भित्रै रोकिएको स्थानीयले बताएका छन् ।रुख ढल्दा कुनै मानविय क्षती भने नभएको बनकट्टा पोष्टले जनाएको छ । यात्रुहरुको सहयोगमा नेपाली सेनाले अहिले रुख पन्छाउँने प्रयास गरिरहेको छ ।