विदेश

अमेरिकी विशेषदूतद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

एजेन्सी, मंसिर ३०–उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् । उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिएका हुन् । अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रूपमा लिएको समाचारमा जनाइएको छ । सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिए । सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरूको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सो क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि थिए । उनी दक्षिण कोरियाको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल पुगेका हुन् । उत्तर कोरियाको यो जानकारीपछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रूपमा लिइएको समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो । शनिबार भएको यस पछिल्लो आणविक परीक्षणपछि भने अब उत्तर कोरिया निःशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाइ रहेको विभिन्न अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Featured