देश

धनुषाको एक स्कुलमा शंकास्पद वस्तु फेला

जनकपुरधाम, मंसिर ३०–धनुषाको धनुषाधाम नगरपालिका– ५, पर्वतामा रहेको पर्वता उच्चमाविको झ्यालमा शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तु बम भएको हल्लापछि सो विद्यालयका विद्यार्थीहरूमा त्रास मच्चिएको र भागाभाग भएको छ । गाउँलेहरूमा समेत त्रास मच्चिएको छ।

विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बेरिएर राखिएको वस्तु देखिएपछि बमको आशंका गरिएको छ । प्रहरीले विद्यालय खाली गराएको छ । विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्यहाँबाट विद्यार्थीसहित गाउँलेलाई पनि आवतजावतमा बन्द गरेको छ । सेतो प्लास्टिकमा राखिएको शंकास्पद वस्तु बम हो वा होइन भनेर यकिन गर्न सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

Featured