देश

बेपत्ताको खोजी गर्न जिल्ला सुरक्षा समितिको बैठक बस्दै

सुर्खेत, मंसिर ३०–जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फुलबारी पाटन वेपत्ताको खोजी गर्नका लागि आज बिहान जिल्ला सुरक्षा समिति जुम्लाको बैठक बस्न लागेको छ । जडिबबुटी संकलनका लागि गएका तिला गाउँपालिका–९ ढिपु गाउँका १२ जना बिहीबारदेखि वेपत्ता भएका छन् ।

वेपत्ताको खोजी र उद्दारका लागि अहिले जिल्ला सुरक्षा समितिको बैठक डाकिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ बताए । ‘हामीले अहिले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका छौं ।’ उनले भने ,‘पाटकमा हराएका खोज तथा उद्दारका लागि बैठकले एउटा निर्णय लिनेछ ।’ उद्दारका लागि सोमबार बेलुका नै गृह मन्त्रालयलाई जानकारी दिइसकेको र हेकिकप्टरबाट उद्दार गर्ने बिषयमा अहिले ८ बजेसम्म जानकारी हुने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

Featured