देश

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं, मंसिर ३०–चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराईलाई उपचारका लागि आइतबार राती नै ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले जनाएको छ । उनको निधनको कारण खुलेको छैन ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका धेरै चलचित्रले राम्रो व्यापार गरेका छन् । उनी करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले बनाएका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र चर्चित छन् । उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका छन् ।

Featured