देश

उपचार खर्च तिर्न नसक्दा आमा बन्धक

राजबिराज, मंसिर ३०–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीया ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन् । उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भइ राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन् । सरकारले मातृशिशु कार्यक्रम निशुल्क बनाएको छ । तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ । प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी बढाऊ’ कार्यक्रमअन्तर्गत बर्से्नि करोडौं खर्च गरिरहेको छ ।

तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवन मरणको दोसाधमा छिन् । सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिनदेखि यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रा.लिमा बन्धक छिन् । उनका पति गोपी नवजात छोरीलाई लिएर शनिबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हातामा सञ्चालित पोषण पुनः स्थापना गृहमा पुगेका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured