देश

नेप्से ४ अंकले घट्दा ५९ कम्पनीले कमाए, राष्ट्रिय बिमा संस्थानको गलत तथ्य

काठमाडौं, मंसिर २९–साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४ अंकले घट्दा ५९ कम्पनीले कमाएका छन् । बैंक, व्यापार र अन्य समूह बढेको बजारमा ५९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको हो । क वर्गका कम्पनीको परिसूचक देखाउने सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले बढ्दा नेप्से परिसूचक ४.७८ अंकले घटेर ११६७.८६ अंकमा झरेको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको तुलनामा कारोबार रकम भने घटेको छ । बिहीबार ७६ करोडको कारोबार भएकोमा आज १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

गलत तथ्य
नेप्सेका साइटमा गलत तथ्य सम्प्रेषण भएको छ । ‘टप टेन’ कमाउने सूचीमा राष्ट्रिय बिमा संस्थानको १० प्रतिशत मूल्यवृद्धि भएको तथ्य देखिए पनि खासमा सो कम्पनीको ३.६९ प्रतिशतमात्र मूल्य बढेको छ । कम्पनीको मूल्य ८ हजार ७९० रुपैयाँबाट बढेर ९ हजार ११४ रुपैयाँ प्रतिकित्ता पुगेको छ । नेप्सेको साइटमा फ्लोर सिटमा पनि ३.६९ प्रतिशत नै मूल्य बढेको देखिन्छ । यद्यपि, आजको १० वटै कारोबारमा राष्ट्रिय बिमा संस्थाको मूल्यमा भारी उतारचढाव आएको छ । चार घण्टाको अवधिमा मूल्य १० प्रतिशतले बढे पनि ३ प्रतिशतमा क्लोज भएको हो ।

Featured