देश

सतुंगलको गौरीशंकर पेन्ट्समा आगलागी

काठमाडौं, मंसिर २९–चन्द्रागिरी नगरपालिका–११, सतुङ्गलमा रहेको गौरीशकंर पेन्ट्समा आगलागी भएको छ । कारखानामा करेन्ट सर्ट भएर आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमारविक्रम थापाले गौरीशकंर पेन्ट्समा आगलागी भएपछि वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताए । गौरीशंकर पेन्ट्सका सञ्चालक आनन्द रौनियारले प्रहरीको सक्रियता र नगरपालिकाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको बताए ।

रौनियारका अनुसार आगलागीबाट कारखानामा रहेको रङ बनाउने मेशिन, केमिकल, कारखानाको मेशिन, कागजपत्रलगायतका सामान जलेर नष्ट भएका छन् । कारखानामा लागेको आगो काठमाडौं महानगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । आगलागीवाट के कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।

Featured