देश

कतारको जेलमा रहेका चितवनका बिनोद रानाभाटलाइ छुटाउन ८२ लाख संकलन

चितवन, साउन ०७। कतारको जेलमा रहेका चितवन माडीका बिनोद रानाभाटलाइ छुटाउन झण्डै ८२ लाख रुपैयाँ संकलन भएको छ। कतार स्थित ओक्रा जेलमा रहेका रानाभाटलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन भएको पारिवारिक श्रोतले जानकरी दिएको छ । विनोद रानाभाट उद्धार समितिका संयोजक कृष्णबहादुर रानाभाटले विनोदलाई दुई लाख ६० हजार रियाल ब्लड मनी अर्थात् झण्डै ८२ लाख नेपाली रुपैयाँ आवश्यक पर्ने सो रकम लगभग संकलन भइसकेको रुस नेपाल अनलाइनलाइ जानकारी दिए ।

विनोद रानाभाटलाई एउटै कम्पनीमा कार्यरत भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारतीय कामदारको मृत्यु हुन पुगेको थियो ।घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्दा चलाएकोमा मृतकको परिवारलाई ब्लड मनीका रुपमा दुई लाख ६० हजार कतारी रियल अर्थात करिब ८२ लाख नेपाली रुपैंयाँ बुझाउनुपर्ने आदेश भएको थियो ।

Featured