देश

पुस ४ देखि फाईभपी प्रदर्शनी

काठमाडौं, पुस २९–काठमाडौंको भृकुटीमण्डपमा ४ पुसदेखि नेपालमा भित्रने फाईभ पी (पलास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) प्रविधिहरुको नविनतम प्रदर्शनी हुने भएको छ । प्रदर्शनी ४ पुसदेखि ६ पुससम्म आयोजना हुने भएको छ । नेपाल फाईभ पी नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न तथा साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको हो ।

नेपाल चेम्बर अफ कमर्समा आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरको पीएचडी चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य भईरहेको र २र३ महिना अगाडी मात्र रिजर्भ वायर्स सेलरर्स सम्बन्ध र नेपाल भारत व्यापार सम्बन्धमा विशेष कार्यक्रम भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए । उनले नेपाल इन्डिया सेन्टरको स्थापनापछि चेम्बरले यस किसिमका क्रियाकलपाहरुले थप प्रोत्साहन सहित सूचना प्राप्त गरी द्धिपक्षीय व्यापार, लगानी प्रबद्र्धनमा समेत यो मेलाले ठोस अवसर प्राप्त गरिनुपर्नेमा जोड दिए ।

पीएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेथले नेपाल सार्क क्षेत्रमा दु्रत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवद्र्धन गर्न आयोजकले विश्वास लिएको बताए । नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चीन, ताईवान, जर्मनी इटाली र नेपालका अन्य ५० कम्पनीहरु प्रदर्शनीमा सहभागिता जनाउने उनले बताए ।

छिमेकी देशहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य एशियाली देशहरुबाट प्रदर्शनहरुको सहभागिता रहने प्रदर्शनीलाई अन्तराष्ट्रियस्तरको कार्यक्रमको रुपमा विकास गर्न सक्नु गर्वको विषय भएकाले यस वर्षको नारा ‘बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमारो’ रहेको छ । नेपाल फाईप पी प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको सेथले जानकारी दिए । नेपाल चेम्बर अफ कमर्स, भारतको पीएचडी च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ एशोसिएसनन अफ इन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल प्रदर्शनमा सहभागी हुदैछन् ।

प्रर्दशनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बी बकक, इन्डक्सन, मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने आयोजकले जानकारी दियो । सप्लायर्स र उत्पादकहरुको माझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउन संसारभरीका उत्कृष्ठ प्रविधि र प्रयासहरुलाई भित्र्याउने अपेक्षा आयोजकहरुको छ ।

सबै विधाका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङस उद्योगका साथै उच्चकोटिका ब्राण्डहरु जस्तै गुरुचरन इन्ड्रस्टिज, निलगिरी मसिनरिज, जेके पेपर, एकेआर इन्डस्ट्रिज, एनएपीच ग्राफिक्स, जेन सिल्क, नर्थ पोइन्ट प्योकजिङ, स्विस प्याक, ओरियन्ट माइक्रो एब्रेसिभस्, हेक्सा प्लास्टको सहभागिताले यस प्रर्दशनीको विशेष महत्व राख्ने आयोजकको भनाइ छ ।

Featured