विदेश

फ्रान्समा आँधीका कारण दुई जनाको मृत्यु, हजारौं घर विद्युतविहीन

एजेन्सी, मंसिर २९–फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौं घर विद्युतविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका दुवै जना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । अरु ५ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

उद्धारकर्ताले उनीहरूलाई च्यापेको रुख हटाएका थिए । शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरमा विद्युतुसेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत कटौती भएको अधिकारीले जनाएका छन् । उपभोक्तलाई विद्युत् सेवा चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् । आँधी, बाढी र पहिरोका कारण ६ सयभन्दा बढी विस्थापित भएका छन् ।

Featured