देश

७ किलो गाँजासहित ५ जना पक्राउ

वीरगञ्ज, मंसिर २९–प्रतिबन्धित लागूऔषध गाँजासहित ५ जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका– १८ बस्ने २० वर्षीय फुलमह्मद मियाँ, २० वर्षीय नौसाद हुसेन, पर्साको सखुवा प्रसौनी गाउँपालिका– १, मधुवन बस्ने १९ वर्षीय एजाजुल देवान, १९ वर्षीय अली हुसेन देवान र २१ वर्षीय इजाजुल मिया रहेका छन् । उनीहरूको साथबाट प्रहरीले सात किलो गाँजा बरामद गरेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured