देश

नेपाल एसबीआई बैंकको १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, मंसिर २९–नेपाल एसबीआई बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १६.८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार सम्पन्न २६औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र १० दशमलव ८४ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको सो साधारणसभाले आ.व. २०७५र७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५र७६ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत) साधारणसभाबाट पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेण्ट बैंकिङको आ.व. २०७५र०७६ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

सो सभाले आ.व. २०७६र७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पीकेएफ टी.आर. उपाध्याय एण्ड कं., चाटर्ड काउण्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिकसमेत अनुमोदन गरेको छ । साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित र्गयो । आर्थिक वर्ष २०७५र७६ मा बैंकले ३ अर्ब १२ करोड ३९ लाख रूपैयाँ सञ्चालन मुनाफा र २ अर्ब २९ करोड २५ लाख रूपैयाँ खुद मुनाफा हासिल गरेको जनाएको छ ।

Featured