देश

विराटनगरमा अन्तराष्ट्रिय मैथिली सम्मेलन हुने

विराटनगर, मंसिर २९–विराटनगरमा १७औं अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ । भाषा, संस्कृति, भेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नका लागि आगामी पुस ६ र ७ गते सम्मेलन गर्न लागिएको मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले बताए ।

सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३ सय प्रतिनिधिको सहभागिता हुने बताइएको छ । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान गरिनेछ । नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरूको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशनका सल्लाहकार पङ्कज बर्माले बताए । यस्तै चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायत विभिन्न २० कक्ष राखिने तयारी गरिएको छ ।

Featured