विदेश

सिरियामा हवाई आक्रमणमा परी कम्तिमा ५० जना मृत्यु

काठमाडौँ, एजेन्सी, साउन ७-उत्तर–पूर्वी सिरियामा हवाई आक्रमणमा परी कम्तिमा ५० जना नागरिक मारिएका छन् भने सयौँ घाइते भएका छन्। विद्रोहीको पकडमा रहेको इड्लिबमा सिरियाली र रुसी सैनिकले हवाई आक्रमण गरेको स्थानीय तथा उद्धार टोलीलाई उदृत गर्दै अलजजिराले जनाएको छ।

इड्लिबमा प्रान्तको मारात अलनुमानस्थित व्यस्त तरकारी बजारमा आक्रमण हुँदा ३६ जना नागरिकको मृत्यु भएको र अन्य दुई अज्ञात व्यक्ति मारिएका हुन्। एएफपीको फोटोग्राफरलाई उल्लेख गर्दै बजारबाट रगताम्य मानिसलाई उद्धारकर्मीले उद्धार गरिरहेको जनाइएको छ।

अभियानकर्मीले सहरबाट कालो धुवा निस्किएको र मानिसहरु सहयोग माग्दै बाटोमा दैडिरहेका जनाएका छन्। शवहरु सडकमा लडिरहेका थिए। स्थानीय अस्पतालका प्रमुख रद्वान शर्दुपले जलेका शरीर त्रासपूर्ण अवस्था रहेको बताए।

उक्त घटनामा परी सेतो हेलिमेट लगाउने उद्धार समूहका स्वयम्सेवक  पनि मारिएको जनाइएको छ।त्यसैगरी सोमबार नै इड्लिबका अन्य क्षेत्रमा सरकारी सेनाको आक्रमणमा १२ जना नागरिक मारिएको बेलायत आधारित सिरियन अब्जरभेटोरी फर ह्युमन राईट्स(एसओएचआर)ले जनाएको छ।

आक्रमणपछि सिरियाली सरकारी सञ्चारमाध्यमले उत्तरी हामा प्रान्तस्थित जोउरिन गाउँ विद्रोहीले बन्द गर्ने क्रममा ७ जना नागरिक मारिएको जनाएको छ। त्यस क्षेत्रमा रुसी सहयोगमा सरकारी सेनाले दैनिक आक्रमण गरी विद्रोहीलाई तुर्किस सीमातर्फ धकेल्दै आएको छ।

Featured