देश विदेश

‘मिस वर्ल्ड’मा सहभागी नेपालकी अनुष्काले जितिन् २ अवार्ड

काठमाडौं, मंसिर २८–लण्डनमा शनिबार सम्पन्न ‘मिस वर्ल्ड’ २०१९ को फाइनलमा नेपालकी अनुष्का श्रेष्ठले दुई उपाधी जितेकी छन् । विश्वका थुप्रै प्रतिष्पर्धीहरुलाई उछिन्दै श्रेष्ठले मल्टि मिडिया अवार्ड र व्युटि विथ पर्पोजको उपाधी जित्न सफल भएकी हुन् । उनी मिस नेपालका रुपमा ‘मिस वर्ल्ड’मा सहभागिता जनाएकी हुन् । यसैबीच यस वर्षको ‘मिस वर्ल्ड’को उपाधी जमाइकाकी टोनी आन सिंहले जितेकी छिन् ।

Featured